Madhes Khabar
राजनीति

जेनजी आन्दोलनकारीलाई धरपकड गर्ने काम सरकारले तत्काल रोक्नु पर्छ : प्रभु साह

सर्लाही,२०मंसिरः आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन्।

सर्लाहीको गोडैतामा शनिबार आजको भेलालाई सम्बोधन गर्दै साहले उनले वर्तमान सरकारले एकपछि अर्को अनैतिक कुकर्म गरिरहेको गम्भीर आरोपपनि लगाए।

जेनजी युवाहरूको रगत र बलिदानीबाट बनेको सरकारले आज ती युवा शहीदको सपना, मर्म र भावनामाथि प्रहार गरेको भन्दै उनीहरुको हत्यारालाई कानुनी कठघरामा उभ्याउन माग पनि उनले गरे । सरकारलाई २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउनेमात्रै एकल म्याण्डेट नभएको भन्दै उनले जेनजी आन्दोनलको क्रममा युवाहरूको छाती र टाउकोमा ताकी ताकी गोली हानेर हत्या गर्नेहरूलाई कानुनी कारबाहीमा उभ्याउनु मुख्य दायित्व भएको उल्लेख गर्दै आजसम्म त्यसतर्फ सरकारले कुनै ठोस कदम नचालेकोमा साहले आक्रोश पोखे।

Related posts

सीके राउतको खुलासा:प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

बारा २ मा जनताले गठबन्धनको सिण्डिकेट तोड्छन् : एमाले उम्मेदवार पौडेल (अन्तरवार्ता)

MadhesKhabar

Leave a Comment