Madhes Khabar
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौं,१२मंसिरःमधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज (शुक्रबार) पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले मंसिर १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो । यसअघि बिहीबार पनि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्ति गैरकानुनी भएको दाबीसहित अदालतमा रिट दर्ता गरेका थिए ।

Related posts

वीरगन्ज १३ मा विजय सरावगीको चुनावी घरदैलो

MadhesKhabar

मधेसीको छोरा पहिलो पटक बने नेपालको प्रधानमन्त्री : को हुन् बालेन शाह ?

MadhesKhabar

“जनताको आवाज नै मेरो शक्ति हो”— घरदैलोमा कांग्रेस उम्मेदवार रमेश रिजाल

MadhesKhabar

Leave a Comment