वीरगन्ज,८कात्तिकःजनमत पार्टीकी पर्सा जिल्ला कार्यसमिति सदस्य कञ्चन गुप्ताले छठ पर्ब मनाउने महिलाहरुलाई नयाँ साडीका साथै छठ पूजाका लागि आवश्यक सामग्रीहरु वितरण गरेकी छिन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा नेतृ गुप्ताले पार्टीको वडा इकाई समितिको समन्वयमा ३१ जना महिलाहरुलाई साडी, नरिवल र पूजाका सामग्रीहरू वितरण गरेकी हुन् ।
गुप्ताले ब्रतालुहरुलाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताउँद, जनमत पार्टी सधैं समाज, संस्कार र सेवामूलक कार्यमा अग्रणी रहेको बताइन्। उनले महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धतापनि व्यक्त गरिन् ।
त्यसअवसरमा जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले छठ पर्व केवल धार्मिक आस्थाको पर्ब नभई सामाजिक एकता, सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गरे। छठ पर्बले समाजमा पारस्परिक सद्भाव, सहयोग र आस्थाको वातावरण सुदृढ गर्ने र मौलिकता तथा प्रकृतिको संरक्षणमा महत्त्वपूर्ण भुमिकासमेत रहेको उनले बताए।

