वीरगन्ज,२१असोजःगत शनिबारको अविरल वर्षाका कारण पिडित पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाको दलितवस्तीका स्थानीयलाई पोखरिया नगरपालिकाले राहत सामग्री वितरण गरेको छ ।
बाढी र डुबानबाट पिडित दलित वस्तीका ७५ परिवारलाई नगरपालिकाले राहत स्वरुप चामल,दाल,नून, तेल, प्याज ,आलु ,सोयाबिन ,तरकारी मसालाका साथै त्रिपाल वितरण गरेको हो ।
फुसका घरहरुमा पानी पसेर खुल्ला आकाश मुनी रात कटाई रहेको बाढी पिडितहरुलाई राहत वितरण गरिएको पोखरिया नगरपालिकाका मेयर प्रदुमनप्रसाद चौहानले बताए।राहत वितरण गर्दै मेयर चौहानले पिडितहरुलाई थप कुनै समस्या वा असुविधा भए तत्काल समाधान गर्न नगरपालिकाका कर्मचारी र नगर प्रहरीलाई निर्देशनपनि दिए ।
राहत वितरण कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्र महतो चाई,वडा सदस्य पन्नालाल राम, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह,प्रशासन शाखा प्रमुख सन्जय कुमार पाण्डेय, विपत ब्यवस्थापन शाखा प्रमुख राजेश पटेल, जिन्ंसी सहायक भगवान प्रसाद कानु, शिक्षा शाखा सहायक लालन पटेल, स्वास्थ्य शाखा सहायक शिव पटेल, नगर प्रहरी दीनानाथ चौरसिया, दिनेश चौहान लगायतकाकोपनि उपस्थिती थियो ।

