Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

रामजानकी मन्दिर पूजारीले फेरि कब्जा गर्न खोजेपछि प्रतिवादमा उत्रिए घडिअर्वाका युवाहरु

फाइल तस्बिर

वीरगन्ज,१७ असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित रामजानकी मन्दिर फेरि पूजारीले कब्जामा लिने चलखेल गरेपछि स्थानीय युवाहरुले त्यसको प्रतिवाद गरेका छन् ।

आँफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले ३० वर्षदेखि मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरकै जग्गा अतिक्रमण गरि त्यसमा पक्की संरचनाको सटरहरु निर्माण गरि सटर भाडामा दिएर भाडा असुली गर्दै आएका थिए ।तर अढाई वर्षपहिले अर्थात २०७९ चैत २५ गते वीरगन्ज महानगरपालिकाले मन्दिरलाई बन्धक बनाएर निर्माण गरिएका पक्की संरचनाका सटरहरु भत्काएर मन्दिरलाई अतिक्रमणमुक्त बनाएर सौन्दर्यकरण गरेको थियो ।त्यसपछि सर्वसाधरणका लागि पूजापाठ र दर्शन गर्न मन्दिर खुल्ला भएको थियो ।

तर अहिले केहिदिन यतादेखि पूजारी तिवारीले मन्दिर फेरि आफ्नो कब्जामा लिनका लागि चलखेल गरेपछि घडिअर्वाका युवाहरुले शुक्रबार बिहान मन्दिरमा पुगेर पूजारी तिवारीको प्रतिवाद गरेका हुन् । त्यसक्रममा तिवारीले मन्दिर र मन्दिर भएको जग्गा आफ्नो निजी रहेको भन्दै युवाहरुसंग विवाद गरेपछि युवाहरुले शनिबार सम्पूर्ण वडाबासीको सार्वजनक भेला बोलाएका छन् ।

यसबारेमा वडाध्यक्ष सुशील साह कानुको ध्यानाकर्षण गराउँदै शनिबार बिहान टोलबासीको भेला डाँकेको र शनिबार बस्ने टोलबासीको भेलालले नै मन्दिर पुन कब्जामा लिन खोज्ने पूजारी तिवारीको चलखेलका बारेमा निर्णय गर्ने घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानुले जानकारी दिए ।

मन्दिर पुन कब्जामा लिन तिवारीले मन्दिरको पर्खाल तोडेर छेउकै आफ्नो निजी घरमा छिर्न गेट बनाउने काम सुरु गरेपछि युवाहरु मन्दिरमै भेला भएर प्रतिवाद गरेको कानुले बताए ।

यसैबारेमा निर्णय गर्न शनिबार बिहान घडिअर्वा टोलबासीको भेला बोलाइएको जानकारीपनि उनले दिए । उक्त भेलामा सहभागी हुन घडिअर्वाबासीमा अपिलपनि गरिएको उनले बताए ।

वडाध्यक्ष सुशील साह कानुले पूजारी तिवारीले आफ्नो मनलाग्दी गरेको बताए ।रामजानकी मन्दिर सार्वजनिक स्थल भएको भन्दै उनले कसैले आफ्नो पेवा ठान्नु गलत भएको बताए । उनले भने,यदि पूजारीलाई कुनै समस्या थियो भने महानगरपालिकाका मेयर वा मसंग राख्नुपथ्र्यो । तर उहाँले कसैसंगपनि सल्लाह लिनु भएन । जानकारीपनि गराउनु भएन । सिधै मन्दिरको पर्खाल फोडेर घरमा छिर्ने गेट बनाउन थाल्नु भयो । यो काम गलत हो।

अब यसबारेमा शनिबार बिहान बस्ने वडाबासीको भेलालले गर्ने निर्णय अनुसार नै आँफुहरु अगाडि बढ्ने वडाध्यक्ष कानुले बताए ।
२०७९ चैत २५ मा वीरगन्ज महानगरपालिकाले घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएको पक्की घर भत्काएर हटाएको थियो ।घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण त्यसदिन मेयर राजेशमान आफै पुगेर डोजर लगाएर हटाएका थिए ।त्यसपछि महानगरले मन्दिरमा सौन्दर्यकरण गरेर भारतबाट बहमुल्य भगवान् राम,सीता र हनुमानको मुर्ती ल्याएर राख्न लगाएको थियो ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचना डोजर लगाएर भत्काएको थियोे ।

२०७९ फागुन ४ मा पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा २०७९ चैत २४ मा न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै त्यसको भोलिपल्ट नै मन्दिरको अतिक्रमण हटाइएको थियो ।

 

 

 

 

 

Related posts

धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै वीरगञ्जमा किसानहरुको आन्दोलन

MadhesKhabar

भोजपुरी भाषामा समाचार बुलेटीन प्रकाशन र प्रसारण गर्ने वीरगन्ज महानगरको घोषणा

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ कराेड बढी रकम चाेरी प्रकरण : अहिलेसम्म ४ जना पक्राउ

MadhesKhabar

Leave a Comment