
काठमाडौं,१३असोजःजेनजी आन्दोलनमा घाइते भएकामध्ये थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय लक्ष्मण राईको सोमबार बिहान पौने २ बजे ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत असोज २४ गतेको जेनजी प्रदर्शनमा भाग लिँदै गर्दा बालाजु क्षेत्रमा राईको टाउकोमा गोली लागेको थियो । त्यसपछि उनलाई तत्काल ट्रमा सेन्टरमा लगेरर आइसियूमा उपचार भइरहेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईले राईको मृत्यु भएको पुष्टि गरे।यससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। तीमध्ये १० जना कैदीबन्दी रहेको पनि प्रहरीले जनाएको छ ।

