Madhes Khabar
राष्ट्रिय

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौ,६असोजः नवनियुक्त चार मन्त्रीले सोमबार शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चार मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

सिन्हाले सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार , सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना र र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा उपपराष्ट्रपति रामसहाय यादव,प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत उच्चपदस्थ व्याक्तिहरुकोपनि उपस्थिती थियो ।

Related posts

निलम्बित सांसद हरिनारायणलाई भ्रष्टाचार मुद्दामा साढे ३ करोड जरिवाना

MadhesKhabar

फरार रहेका पुर्वमन्त्री टोपबहादुर रायमाझी कहाँ छन् ?

MadhesKhabar

फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment