वीरगन्ज,२४भदाैं:वीरगन्जमा साेमबार राति ९ बजेदेखि लगाईएकाे कर्फु आज(मंगलबार) बिहान ९ बजेदेखि हटेकाे पर्साका प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले बताएका छन्।
वीरगन्जको अवस्था सामान्य बन्दै गएकाले आज बिहान ९ बजेपछि कर्फ्यु आदेश हटाईएकाे पर्साका प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी सुवेदीले भने,`राति ९ बजेदेखि कर्फु हट्ययाे´
तर सडकमा तैनाथ प्रहरीले भने कर्फु नहटेकाे भन्दै सर्वसाधारणलाई सडकमा निस्किन दिएका छैन।चाेकचाेकमा प्रहरीले नागरिकलाई राेकेर फिर्ता पठाइरहेका छन्।
सोमबार राती वीरगन्जको प्रदर्शन उग्र बनेपछि राती ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो ।

