वीरगन्ज,५भदौंःपर्साको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्षेत्रीय कार्यसमिति गठन गरिएको छ । वीरगन्जमा बिहीबार सम्पन्न बैठकबाट मनोज कुर्मीको सभापतित्वमा क्षेत्रीय कार्यसमिति गठन गरिएको हो ।लामो समयसम्म शिक्षण पेसामा रहेका कुर्मीले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका थिए ।उनि एक वर्षपहिले रास्वपामा प्रवेश गरेका थिए ।
नवगठित क्षेत्रीय समितिको उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार र सचिवमा राकेश गुप्तालाई चयन गरिएको छ ।
उक्त कार्यक्रममा रास्वपा पर्साका सभापति हरि पन्तले क्षेत्रीय समितिहरु पार्टीको मेरुदण्ड भएको बताए । जिल्लाका हरेक निर्वाचन क्षेत्रमा पार्टीको क्षेत्रीय समिति गठन र विस्तार भइरहेका कारण जिल्लामा पार्टी झन् झन् मजबुत हुदैं गएको बताए ।सभापति पन्तले जिल्लाका ३ वटा क्षेत्रमा संगठन विस्तार भइसकेको र आगामी ७ गते शनिबार ठोरीमा कार्यक्रम गरेर क्षेत्र नम्बर ४ कोपनि क्षेत्रीय समिति गठन गरिने जानकारी दिए ।
पन्तकै सभापतित्वमा सम्पन्न बिहीबारको भेलामा केन्द्रिय सदस्य डा. नन्दन यादव , प्रदेश सदस्य सब्बु कँडेल,पुरुषोत्तम देव,प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल , सचिव सुदिश प्रजापति,कोषाध्यक्ष दिलिप कुर्मी लगायतकाको पनि सहभागिता थियो ।

