Madhes Khabar
मधेस प्रदेश

रौतहटमा श्रीकृष्ण जन्माष्टमीमा लागेको मेलाको उद्घाटनलाई लिएर झडप,मेयरसहित ३ घाइते

तस्बिरःरातोपाटी

रौतहट,३१साउनः रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबिच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्।

श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबिच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबिच हातापात भएको प्रहरीले जनाएको छ।

झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए। घाइतेहरूको गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाइ इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ ।साभारःरातोपाटी

 

Related posts

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने सिडिओसहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

मधेसकाे प्रदेशसभा बैठकमा हानाहान र ताेडफाेडमा उत्रिए सांसदहरु

MadhesKhabar

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

MadhesKhabar

Leave a Comment