
जनकपुरधाम,२८कार्तिक:धनुषामा गाडीको ठक्करले दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय राजेश ठोकर र धनुषााकै गणेशमान चारनाथ नगरपालिका वठा नम्बर २ का १८ वर्षीय टेमा मोक्तान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन अवाले जानकारी दिए।
सोमबार राति करिब पौने १ बजे ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै युवकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले बताए ।दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवककाे जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ।

