Madhes Khabar
मधेस प्रदेश

धनुषामा भारतीय ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

सांकेतिक तस्बिर ।

जनकपुरधाम,२८कार्तिक:धनुषामा गाडीको ठक्करले दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय राजेश ठोकर र धनुषााकै गणेशमान चारनाथ नगरपालिका वठा नम्बर २ का १८ वर्षीय टेमा मोक्तान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन अवाले जानकारी दिए।

सोमबार राति करिब पौने १ बजे ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै युवकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले बताए ।दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवककाे जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ।

Related posts

गढीमाईमा स्यालको टोकाईबाट एक दर्जन मानिस घाइते

MadhesKhabar

निजगढ विमानस्थल बारेको फैसला सच्याउन वीरगन्जका उद्योगी व्यवसायीको माग

MadhesKhabar

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment