Madhes Khabar
मधेस प्रदेश

भारतीय पर्यटकलाई नाकामा दुःख नदिन मधेसका सिडिओहरुलाई मन्त्री कुशवाहाको निर्देशन

वीरगन्ज,२९असारः भारतबाट पर्सा,बारा लगायतका जिल्लाका नाका हुदैं नेपामलमा आउने भारतीय पर्यटकहरुलाई नाकामा सुरक्षाकर्मीबाट चेकजाँचको बहानमा हुने सास्ती र दुव्र्यवहारबारे मधेस प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।

पर्सा,बारा लगायत मधेसका विभिन्न जिल्लाका नाका हुदैं नेपालमा आउने भारतीइ पर्यटकहरुलाई नाकामा नेपाली सुरक्षाकर्मीले जेकजाँचको बहानामा अनावश्यक दुख दिने , व्यवहार राम्रो नगर्ने लगायतका गुनासोहरु बढ्दै गएपछि मधेस प्रदेश सरकारको त्यसप्रति ध्यानाकर्षण भएको हो ।

यसैक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले नेपाल आउने भारतीय पर्यटकहरूलाई नेपालका नाकामा सुरक्षा जाँच तथा अन्य प्रक्रियाका नाममा हुने अनावश्यक झन्झट हटाउन पहल थालेका छन् ।मन्त्री कुशवाहाले मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भारतीय पर्यटकलाई नाकामा सहजीकरण गर्न निर्देशनपनि दिएका छन्।

मन्त्री कुशवाहाले पर्सा, बारा, रौतहट , सर्लाही , महोत्तरी, धनुष, सिरहा र सप्तरीका जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भारतीय सीमानाकाबाट नेपाल घुम्न आउने पर्यटकहरूलाई सुरक्षा चेकजाँच लगायतका नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यवहार नहुने जस्ता गुनासोहरू प्राप्त भएको उल्लेख गरेका छन्। उनले ती गुनासोहरूलाई सम्बोधन गर्दै भारतबाट आउने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न र गराउन व्यवस्था मिलाउन अनुरोधपनि गरेका छन्।

 

 

Related posts

मुख्यमन्त्री यादवकाे विराेधमा फेसबुक स्टाटस लेख्ने डाक्टर पक्राउ

MadhesKhabar

बारा ४(क) मा एमालेका चाैधरी विजयी

MadhesKhabar

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

MadhesKhabar

Leave a Comment