Madhes Khabar
शिक्षा

कक्षा १२ को नतिजाः कसैले पनि ल्याएनन् ४ जीपीए

काठमाडौं,२०साउनःयस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि जीपीए ४ ल्याउन नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले यस वर्षको परीक्षाफल सोमबार सार्वजनिक गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा– १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले यस वर्ष कुनै पनि विद्यार्थीको चार जीपीए नआएको जानकारी दिए। ‘यस वर्ष कसैले पनि फोर जीपीए ल्याएका छैनन्,’ शर्माले नेपालखबरसँग भने, ‘सबैभन्दा धेरै उत्कृष्ट गर्ने विद्यार्थीले जीपी ३.९६ सम्म मात्रै ल्याएका छन्।’ उनले ३.९६ जीपीए ल्याउने विद्यार्थी पनि धेरै नभएका बताए।

गएको असारमा सार्वजनिक एसईईको नतिजमा भने ७ सय ७४ विद्यार्थीले जीपीए ४ ल्याएका थिए।

Related posts

वीरगन्जमा बृहत शैक्षिक मेला आयोजना

MadhesKhabar

पर्साकाे गुलरियामा उपकार सेवाद्वारा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

पर्सा जिल्लामा १० देखि १४ वर्ष उमेरका ९ हजार बढी बालिकाहरु जाँदैनन् विद्यालय

MadhesKhabar

Leave a Comment