Madhes Khabar
स्वास्थ्य

बसरुद्दिन अन्सारीले काठमाडौंमा सञ्चालनमा ल्याए नेशनल मेडिकल कलेज

काठमाडौं,१६साउनः काठमाडौंको घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि यस कलेजले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको हो ।

‘लामो समयको स्थगनपछि काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई हामीले आजैदेखि पुनः सञ्चालन गर्न सफल भएका छौँ । यस अस्पतालको पुनः सञ्चालनको मूल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु हो’, कलेजका अध्यक्ष बसरुद्दिन अन्सारीले भने ।

अध्यक्ष अन्सारीका अनुसार अस्पतालले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपिडी सेवा प्रदान गर्ने भएको छ । यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहनेछ ।

अस्पतालले बहिरंग (ओपिडी) सेवाका अतिरिक्त अन्य विभिन्न विशेषज्ञ सेवाहरूमा पनि विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत जेनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, र नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवाहरूमा छुट उपलब्ध हुनेछ ।

त्यस्तै, अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने भएको छ । जसमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे र फिजियोथेरापी जस्ता सेवाहरूमा पनि विशेष छुट दिइनेछ । बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहगिर अन्सारीले काठमाडौं सहरको केन्द्रमा अवस्थित यस अस्पतालले नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सरल स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताए । अस्पताल पुनः सञ्चालनको अवसरमा निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको समेत उनले जानकारी दिए ।

कलेज पुनः सञ्चालनले नागरिकहरूको विश्वास जित्ने, उनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा दुवै क्षेत्रमा आफ्नो उत्तरदायित्व पूरा गर्ने अस्पतालका व्यवस्थापक दिलीप साहले बताए ।

Related posts

पर्साको सतवरीयामा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट २५० जना लाभान्वित

MadhesKhabar

डेंगु नियन्त्रणबारे वीरगन्जका महिल स्वास्थ्य स्वंयसेविकाहरुलाई अभिमुखीकरण

MadhesKhabar

ब्रिटिश फौजलाई गोर्खालीले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

MadhesKhabar

Leave a Comment