Madhes Khabar
स्वास्थ्य

डेंगु नियन्त्रणबारे वीरगन्जका महिल स्वास्थ्य स्वंयसेविकाहरुलाई अभिमुखीकरण

वीरगन्ज,११असारःवीरगन्जमा मंगलबार डेंगु, मलेरिया,कालाजार रोग नियन्त्रण बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ कार्यलय पर्साको सहयोगमा वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले किटजन्य रोग नियन्त्रण तथा लामखुट्टे लार्भा नष्ट गर्ने सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाकोे वडा नम्बर १ देखि १६ सम्मका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई ती रोगको रोकथाम बारे जानकारी गराइएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकाा जनस्वास्थ्य निरीक्षक जयमाृद ठाकुरले पर्सा जिल्लामा यो चालू आर्थिक वर्षमा डेंगु रोगका ९ जना विरामी भेटिएको जानकारी गराए ।

तातो हावापानी भएका शहर र शहरोन्मुख वस्तिमा डेंगु, मलेरिया,कालाजार लगायतका किटजन्य रोगका कारण पर्सा जिल्ला पनि उच्च जोखिममा रहेको उनले बताए। बर्षासँगै किटजन्य रोग बढ्ने भएकोले आफनो घरवरिपरि सफा राख्ने , पानी जम्ने खाल्डा खाल्डाखुल्डीपुर्ने, सुत्दा अनिवार्य झुल लगाएर सुत्ने, घर बाहिर निस्कँदा पुरा बाहुला भएका कपडा लगाउनु पर्ने, झ्याल तथा ढोकामा जाली लगाउने, नियमित सरसफाईमा ध्यान दिने र वातावरणलाई सफा राख्न सके यस्ता महामरीजन्य रोग फैलिनबाट रोक्न सकिने उनले बताए ।

स्वास्थ्य कार्यलय पर्साका प्रमुख डाक्टर मुक्ती नारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वस्थ्य महाशाखाका प्रमुख अनिल कुमार यादव ,जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुर , नेपाल पत्रकार महासंघ पर्साका पुर्ब अध्यक्ष शत्रुघन नेपाल लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

MadhesKhabar

पुर्ण खोप सुनिश्चितता विषयक अद्यावधिक गोष्ठी सम्पन्न

MadhesKhabar

नारायणी अस्पतालबाट दरबन्दी नभएका कर्मचारीलाई हटाउँदा अस्पताल विकास समितिकाे विराेध

MadhesKhabar

Leave a Comment