Madhes Khabar
स्वास्थ्य

मेडिसिटी बयोधा अस्पतालमा स्तनपान बारे शिक्षिकाहरुसंग अन्तरकृया

मधेसखबर
वीरगन्ज , २२ साउन : विश्व स्तनपान दिवसको अवसरमा वीरगन्जको गण्डकमा रहेको मेडिसिटी बयोधा अस्पतालले शिक्षिकाहरुसंग अन्तरकृया गरेको छ ।

अस्पतालकै सभाकक्षमा आयोजित अन्तरकृयामा दिल्ली पब्लिक स्कुल ,डिएभी स्कुल लगायतका विधालयका शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी शिक्षिकाहरुलाइ अस्पतालका बालरोग विशेषज्ञ डाक्टर आनन्द रौनीयारले स्तनपानको आवश्यकता , फाइदा , आमा र बच्चाको स्वास्थ्यमा स्तनपानको महत्व लगायतका बारेमा जानकारी गराएका थिए ।

यस्तै अस्पतालकी एसिस्टेन्ट नर्सीङ सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरिका , स्तनपान गराउदा आमाले ध्यान दिनु पर्ने कुराहरुको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले अस्पतालले अर्भवती महिलाका लागि आवश्यक पर्ने प्रिन्टल क्लाश र हेल्दी बेबी क्लीनीक सन्चालन गर्न लागेको जानकारी गराए ।

कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर अभिषेक सिंह , स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डाक्टर रुबिना ताम्रकार , अस्पतालकी क्लीनीकल कोर्डिनेटर डाक्टर स्वेता झा लगायतको सहभागीता थियो ।

Related posts

बाराकाे लिपनीमालमा आयाेजित नि:शुल्क शिविरमा १४८ जनाकाे आँखा परिक्षण

MadhesKhabar

यस्ता छन् साग खानुकाे फाइदा

MadhesKhabar

एमडीसंगै पक्राउ परेका ल्याब प्रमुख साहलाई रिहा गर्न चिकित्सक संघको अल्टिमेटम

MadhesKhabar

Leave a Comment