Madhes Khabar
धर्म/संस्कृति

भाथा मेलामा भक्तजनका लागि पटेर्वा सुगौली गाँउपालिकाद्वारा खानेपानी र शौचालयको प्रबन्ध

वीरगन्ज,५साउनःपर्साको पटेर्वा सुगौली गाँउपालिका–१ मा पर्ने भाथाधामस्थित दुग्धेश्वरनाग महादेव मन्दिरमा लागेको साउने मेला (भाथा मेला)मा भक्तजनहरुका लागि खानेपानी र शौचालय प्रबन्ध मिलाइएको छ ।

पटेर्वा सुगौली गाँउपालिकाले भाथा मेलामा आउने भक्तजनहरुका लागि शौचालय निर्माण गर्नुका साथै खानेपानीको प्रबन्ध मिलाएको हो ।

मेला लागेको स्थलमा गाँउपालिकाले महिला र पुरुषका लागि १०÷१० वटा गरी कूल २० वटा अस्थायी शौचालय निर्माण गरिदिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।यस्तै मेलामा आउने भक्तजनहरुकै लागि मेला स्थलमा खानेपानीका ४० वटा धाराहरु राखेर पिउने पानीको प्रबन्धपनि मिलाइएको उनले बताए ।

भाथाधाम नजिकै रहेको नेपाली सेनाको पोष्टका सेनाहरुले वर्र्षौदेखि पिउँदै आएको पानीको मुहानबाट पाइपमार्फत ल्याइएको पानी ट्यांकीमा भण्डारण गरेर त्यहाँबाट पाइपलाइन विस्तार गरेर ४० वटा धारा जडान गरिएको उनले बताए । मेलाअवधि भरका लागि खानेपानी र शौचालयको प्रबन्ध मिलाइएको उनले बताए ।

यसैगरी भाथाधाम जाने कच्ची बाटो मर्मत सम्भारका लागि गाँउपालिकाले विगत १० दिनदेखि जेसिभी लगाएर बाटो मर्मत सम्भार गरिरहेकोपनि उनले बताए ।

 

 

Related posts

आज नागपञ्चमी पर्व मनाइँदै , हिन्दुकाे चाडपर्व सुरु

MadhesKhabar

भाथा धामकाे विकासका लागि संयुक्त पहल गर्ने पर्साका राजनीतिक दलहरुकाे निर्णय

MadhesKhabar

पर्साका बलिराम पडित : जसले इटियाहीमा महायज्ञका लागि १ हजार ११ वटा मूर्ति बनाउँदैछन्

MadhesKhabar

Leave a Comment