Madhes Khabar
धर्म/संस्कृति

कांग्रेस महामन्त्री शर्माले विश्व प्रसिद्ध गढीमाईको गरे दर्शन

बारा,६मंसिरःनेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्व प्रसिद्ध बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा दर्शन गरेका छन्।

उपनिर्वाचनको क्रममा मधेस प्रदेशको विभिन्न जिल्लामा निर्वाचन लक्षित घरदैलो कार्यक्रममा सहभागी हुन बिहीबार बिहान बाराको कलैया आइपुगेका कांग्रेस महामन्त्री शर्माले बिहीबार नै बिहान गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका हुन्।

गढीमाई मन्दिरको दर्शन गरेपछि आयोजित अनौपचारिक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शर्माले पाँच वर्षपछि लाग्न थालेको पञ्चवर्षिय गढीमाई मेला सुरु भइसकेको समयमा माता गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित र खुसी भएको बताए।
विश्वमै चर्चित एवं पवित्र धार्मिक स्थलको रूपमा रहेको बरियारपुरको गढीमाई माताको दर्शन गर्ने सौभाग्य प्राप्त हुनु आफैंमा निकै खुशीको क्षण भएको उनले बताए।

पाँच वर्ष पछि लाग्न थालेको धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको विश्व प्रख्यात बरियारपुरको गढीमाई मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन उनले मेला समितिसहित सबै पक्षलाई आग्रहपनि गरे ।

गढीमाई दर्शन गरेका कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा बिहीबारनै रौतहटमा उपनिर्वाचन लक्षित कार्यक्रममा सहभागी हुने कांग्रेसका मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए।

 

Related posts

तिहार शुरु , आज धनतेरस

MadhesKhabar

हिन्दुहरूको अत्यन्त प्राचीन् पर्व हाेली मधेसमा आज मनाइदैं

MadhesKhabar

वीरगन्जमा पनि नेवार समुदायले मनाए नेपाल संवत् ११४३

MadhesKhabar

Leave a Comment