वीरगन्ज,३०असार:पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा गाँउमा भएको आगलागीबाट फुसका ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
आइतबार राति करिब ११ बजेको समयमा स्थानीय शेषनाथ मुखिया बिनको घरमा लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएको आगोले शेषनाथ ,उनका छिमेकी जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनकाे घर जलेर नष्ट भएको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक अवधलाल साहले जानकारी दिए।
आगलागीबाट ती घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा, गरगहना तथा शेषनाथको किराना पसलसमेत पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक साहले बताए ।
तीनवटै घरमा लागेको आगाे नृपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयले मिलेर निभाएकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

