सर्लाही,२७असारःजिल्ला प्रहरी कार्यालय सर्लाहीले ईलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय इन्चार्ज तथा प्रहरी नायब निरिक्षक (सई) सुभाष यादवलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ ।असार महिनामा सर्लाही जिल्ला भरमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गर्दै पुरस्कृत गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्दै अपराध नियन्त्रण, अनुसन्धान, उद्धार कार्य तथा सीमावर्ती अपराध नियन्त्रणमा उल्लेखनीय कार्य प्रदर्शन गरेका आधारमा यो निर्णय गरिएकाले असार महिनाको पुरस्कार यादवलाई दिइएको बताए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उत्कृष्ट प्रहरी छनोट समितिले गरेको मूल्यांकनमा सई . यादवले समग्र जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान, उद्धार कार्य तथा सीमावर्ती अपराध नियन्त्रणमा उल्लेखनीय कार्य प्रदर्शन गरेका आधारमा उनलाई पुरस्कृृति गरिएको जनाएको छ ।
सई यादवलाई गत वर्ष नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले ‘उत्कृष्ट अनुसन्धानकर्ता’को उपाधि प्रदान गरेका थिए ।

