Madhes Khabar
समाचार

बारामा मोटरसाइकलको ठक्करबाट घाइते एक बृृद्धको उपचारका क्रममा मृत्यु

बारा,३ भदौं : बाराको निजगढ नगरपालिका–७ स्थित सुपर मार्केट नजिकै पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा निजगढ नगरपालिका–९ निवासी ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । वीरगन्जस्थित बयोधा मेडिसिटी हस्प्टिलमा उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको हो ।

भदौ २ गते साँझ चन्द्रनिगाहपुरबाट निजगढतर्फ आउँदै गरेको ना.४८ प ५६९३ नम्बरको मोटरसाइकलले साइकलयात्री श्रेष्ठलाई पछाडिबाट ठक्कर दिएको थियो।मोटरसाइकलको ठक्करबाट गम्भीर भाइते भएका श्रेष्ठलाई उपचारका लागि वीरगन्ज ल्याइएको थियो।अस्पतालमा उपचाररत श्रेष्ठको मंगलबार राति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Related posts

लेखक दिवसमा विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ सार्वजनिक

MadhesKhabar

पूर्वसभामुख महरालाई बलात्कार आरोपमा जेल पुर्‍याउने रोशनी शाही मृत भेटिइन्

MadhesKhabar

रुपन्देही अदालतले पनि फिर्ता लियो रवि-जीबीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा

MadhesKhabar

Leave a Comment