पर्सा,९असारःपर्साको पोखरिया नगगरपालिकाले आगामी आर्थिक वर्ष २२०८२/८३ का लागि ४४ करोड बढीको बजेट सार्वजनिक गरेको छ । सोमबार पोखरिया नगरपालिकाको ९ औं नगरसभामा नगरपालिकाकी उपमेयर रुबी ठाकुरले आगामी आर्थिक वर्षका लागि ४४ करोड ४० लाख २७ हजार ४४८ सय ५८ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेकी हुन् ।
पोखरिया नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले बताए ।
पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानको अध्यक्षतामा आयोजित गाँउसभामा उपमेयर रुबी ठाकुर , प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडासदस्य ,कर्मचारी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

