Madhes Khabar
स्थानिय

पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा मन्त्री गुप्ताद्धारा सडक र खेलकुद मैदानको शिलान्यास

वीरगन्ज,२५जेठःसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको सखुवा प्रसौनी गाउँपालिका –५ र पटेर्वासुगौली गाउँपालिका –१ मा सडकको शिलान्यास गरेका छन् ।

मधेश प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुन लागेको सडक ढलानको मन्त्री गुप्ताले शिलान्यास गरेका हुन् । यसका साथै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिका–४ मा निर्माण हुन लागेको खेलकुद मैदानको पनि शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले सरकारले तराई मधेसका आदिवासी, जनजाती, मधेसी र सिमान्तकृत समुदायको चौतर्फी विकासका लागि तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत विकासको लहर ल्याएको बताए ।उक्त कार्यक्रम आफ्नो मन्त्रालयमार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेसको समृद्धिका लागि सरकार लागि परेको बताए ।

मन्त्री गुप्ताले तराई मधेस सम्मृद्धि कार्यक्रम मधेसका विभिन्न जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै उक्त कार्यक्रममार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, सुकुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायीक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री गुप्ताले सबैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धी आउन समय नलाग्ने बताए ।

Related posts

बारामा हुण्डी कारोबार गर्ने गिरोह नगद २१ लाखसहित पक्राउ

MadhesKhabar

पर्साको जमुनिया खोलामा गिट्टी–बालुवाको उत्खनन् मा रोक लगाइएपनि तस्करी भने जारी

MadhesKhabar

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

MadhesKhabar

Leave a Comment