Madhes Khabar
समाचार

नृसिंह माविमा उत्तरपुस्तिका हेरफेर काण्ड, शिक्षक पटेल पक्राउ, विद्यार्थी निष्कासित

वीरगन्ज,१३जेठ:वीरगन्जको पिपरास्थित नृसिंह माध्यमिक विद्यालयमा चलिरहेको स्नातक चौथो वर्षको परीक्षाका क्रममा उत्तरपुस्तिका हेरफेर गर्दै गरेको अवस्थामा विद्यालयकै शिक्षक बाबुनन्द पटेल रंगेहात पक्राउ परेका छन्।

मंगलबार परीक्षा चलिरहेको बेला पटेलले विद्यार्थी सन्ताेष यादवलाई पास गराउन यनकाे खाली उत्तरपुस्तिकामा आफैं टिक लगाउँदै गरेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाको पुष्टि गर्दै दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

परीक्षा प्रणालीको दुरुपयोग गरेको ठहर गर्दै परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी सन्तोष यादवलाई समेत परीक्षाबाट निष्कासन गरेको छ।

पक्राउ परेका पटेल सोही विद्यालयमा प्राविधिक शिक्षकको रुपमा कार्यरत छन् ।

Related posts

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित

MadhesKhabar

बारामा अवैध रुपमा सन्चालित ११ वटा रक्सी भट्टी नष्ट

MadhesKhabar

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

MadhesKhabar

Leave a Comment