Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतले भन्यो : अब पाकिस्तानमा जमिन र हवाई आक्रमण हुँदैन

काठमाडौं,२७बैशाख :भारतले अब जमिन र हवाई आक्रमण नहुने जनाएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले भारत र पाकिस्तान दुवै देश आज (शनिबार) साँझ ५ बजेदेखि युद्धविराम गर्न सहमत भएको बताए।

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ भने, ‘युद्धविराम साँझ ५ बजेदेखि लागू हुनेछ। अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन्। दुवै देशका डीजीएमओहरूले मे १२ मा दिउँसो १२ बजे वार्ता गर्नेछन्।’

युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ ट्वीट गर्दै भने, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफलपछि मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले आक्रमणहरू तुरुन्तै र पूर्ण रूपमा रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’ साभार : अन्नपूर्णपोष्ट

Related posts

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

सात तल्ले भवनमा भएकाे आगलागीमा परेर ४४ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment