Madhes Khabar
अन्तर्राष्ट्रिय

अत्याधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

तस्बिर :एजेन्सी

एजेन्सी : साउदी अरबमा अत्याधिक गर्मीका कारण हजमा सहभागी १४ यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जोर्डनका नागरिक रहेको बताइएको छ।

जोर्डनका विदेश मन्त्रालयका अनुसार अत्याधिक गर्मीका कारण लू लागेर १४ जना जोर्डन नागरिकको मृत्यु भएको हो। अरु १७ जना बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी भइरहेको छ।

परिवारको इच्छाअनुसार मृतकहरूको शव गाड्ने वा स्वदेश पठाउने प्रक्रियाबारे साउदी अधिकारीहरूसँग छलफल भइरहेको जनाइएको छ। हज संसारकै सबैभन्दा धार्मिक समारोहमध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाख बढी सहभागी हुने विश्वास लिएका छन्।

त्यहाँको तापक्रम ४६ डिग्री सेल्सियस मापन गरिएको छ। जसका कारण घर बाहिर र पैदल हिँड्ने तीर्थयात्रीहरू विशेषगरी वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन्।

यस वर्षको हजको समयमा मक्का र मदिनामा औसत तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको साउदी अरबको मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले बताएका थिए।साभार:अन्नपूर्णपाेष्टबाट

Related posts

माल्दिभ्सबाट भारतीय सेना तुरुन्तै हटाउने नवनिर्वाचित राष्ट्रपति मुइज्जुकाे घाेषणा

MadhesKhabar

पानी ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर ४ जनाको मृत्यु

MadhesKhabar

भारतको मणिपुरमा २ महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको घटनाको चौतर्फी आलोचना

MadhesKhabar

Leave a Comment