
काठमाडौं,१८असार:भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदौड हुँदा १ सय भन्दा बढी श्रद्धालुको मृत्यु भएको आशंका गरिएको छ ।
हाथरस जिल्लाको सिकन्दरराव नजिकैको मुगलगढ़ी गाउँमा भोले बाबाको सत्संग चलिरहेको बेला अचानक भागदौड मच्चिदा ६० भन्दा बढीको मृत्यु भएको आशंक गरिएको भारतीय सञ्चारमाध्यम आजतक टिभीले जनाएको छ ।एटाका एसएसपी राजेश कुमार सिंहका अनुसार, मृत्युु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।
उक्त दुर्घटनामा अन्य कयौँ घाइते भएको र उनिहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ । धार्मिक कार्यक्रमका क्रममा भएको भागदौडका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीएमओ एटा उमेश कुमार त्रिपाठीले भनेका छन् ।
यसैबिच उत्र प्रदेशका मुख्यमन्त्री याेगी आदित्य नाथले मृतकका परिवारलाई जनही २/२ लाख भारु र घाइतेलाई जनही ५०/५० हजार भारु उपलब्ध गराउने घाेषणा गरेका छन् ।

