Madhes Khabar
अन्तर्राष्ट्रिय

नाइजेरियाको चर्चमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,१५जेठः
नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रम पछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।अफ्रिकी देश नाइजेरियामा समुदाय–समुदायबीच बेलाबेला आपसी द्वन्द्वका घटना हुँदै आएका छन् । साभार ः उज्यालो

Related posts

भारतीय कमेडियन राजु श्रीवास्तवकाे निधन

MadhesKhabar

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

MadhesKhabar

भारतमा चर्किदै प्रधानमन्त्री मोदी विरुद्धको किसान आन्दोलन

MadhesKhabar

Leave a Comment