Madhes Khabar
अन्तर्राष्ट्रिय

नाइजेरियाको चर्चमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,१५जेठः
नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रम पछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।अफ्रिकी देश नाइजेरियामा समुदाय–समुदायबीच बेलाबेला आपसी द्वन्द्वका घटना हुँदै आएका छन् । साभार ः उज्यालो

Related posts

नेपालीभाषीलाई ’विदेशी’ भनेपछि आज सिक्किम बन्द

MadhesKhabar

बर्षाले नेपालमा भएको क्षतिबारे दुःख व्यक्त गर्दै मोदीले भने : जुनसुकै सहयोग गर्न तयार छौं

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

MadhesKhabar

Leave a Comment