Madhes Khabar
स्थानिय

वीरगन्ज :छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवा पुर्पक्षका लागि जेल चलान

वीरगन्ज,१८बैशाखःपर्सा जिल्ला अदालतले आफ्नी छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवालाई पुर्पक्षको लागि कारागार(जेल) मा पठाएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले बुधबार ती बुवालाई हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

पर्सा प्रहरी र साइबर ब्यूरो भोटाहिटी काठमाडौंको संयुक्त टोलीले चार साता अघि छोरीलाई बलात्कार गरेको आरोपमा वीरगन्जको छपकैयाका ३४ वर्षीय बुवालाई पक्राउ गरेको थियो ।
उनले इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्सयुअल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौं भोटाहिटीले प्राप्त गरेपछि शंकास्पद कागजातको आधारमा ती बुवालाई चैत २२ गते वीरगन्जबाट पक्राउ गरेको थियो ।साभारः कान्तिपुर

Related posts

जगरनाथपुर गाँउपालिकाको पहिलो प्राथमिकतामा कृषि र किसान : अध्यक्ष यादव

MadhesKhabar

वीरगन्जमा सडकका कुकुरहरु मारेकोमा पशु अधिकारकर्मीको विरोध

MadhesKhabar

वीरगन्जमा बालुवा बोकेको ट्याक्टरले किचिएर पाँच वर्षिय बालकको मृत्यु

MadhesKhabar

Leave a Comment