वीरगन्ज,१५बैशाख: पर्साकाे पाेखरियास्थित मालपोत कार्यालयमा सिसी टिभी क्यामराको निगरानीमा सेवा प्रवाह कार्य शुरू भएको छ ।मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहले जनताको काम सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न सबै शाखामा क्यामरा जडान गरी आफ्नो प्रत्यक्ष निगरानीमा सेवा सुचारु गरिएको बताए।
मालपोत कार्यालयबाट सेवाग्राहीको काम सहज रूपमा गर्न र कर्मचारीबाट कुनै पनि किसिमको लापरवाही हुन नदिन सबै शाखामा सिसि टिभी क्यामराको निगरानीमा सेवा सुचारु गरिएको दाबी गरे।कार्यालय प्रमुख साहले सिसी क्यामरा जडान भएपछि सेवाग्रहिको काममा कुनै गुनासो आउन नदिने दाबी गरे ।
मालपोत कार्यालय पोखरीयाबाट जग्गा सम्बन्धी कुनै मुद्दा भए आफूले फास्ट ट्रयाकबाट छिनोफानो गराउदै आएको मुद्दा शाखा प्रमुख रामरेखा चौरसियाले बताए ।पाेखरियामा मालपोत स्थापना भएको दुई महिनामा १ सय ९० वटा फाइलको मुद्दा छिनोफानो गरिएको चौरसियाले बताए ।
कार्यालय प्रमुख साहले भने सबै शाखा लगायत १० वटा सिसी क्यामरा जडान गरिएको बताउँदै जनताको कुनै गुनासो भए आफू कहाँ आएर बताउन र आफूले कानुन सम्मत छिटो समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

