Madhes Khabar
समाचार

बारामा गाँजासहित एक युवक पक्राउ

बारा,२६चैत:बारामा लागू ओैषध गाँजासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ना ३६ प २१७७ नम्बरको मोटरसाइकल चालक मकवानपुर मनोहरी नगरपालिका-६ बस्ने ३८ वर्षीय रवि थिङ रहेका छन् ।

 

प्रहरीका अनुसार बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा उक्त मोटरसाइकललाई रोक्न खोज्दा थिङ फरार भएका थिए।

 

प्रहरीले लखेटदै जाँदाअमलेखगञ्जकै गणेश मन्दिरनजिकै फेला पारी चेक जाँच गर्दा चालक थिङले बोकेको झोलाबाट ६ किलो र मोटरसाइकलको तेल ट्याङकी भित्रबाट ४ किलो ७ सय गाँजा बरामद बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Related posts

पत्रकार बैठालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाही गर्न पत्रकार महासंघ पर्साको माग

MadhesKhabar

तस्करी आशंकामा वीरगन्जबाट साढे २६ लाखको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

गाँजा लिएर भारत जाँदै गरेका ३ भारतीय युवक पर्सामा पक्राउ

MadhesKhabar

Leave a Comment