Madhes Khabar
राजनीति

राप्रपा सांसद कार्कीको चेतावनी : राजालाई ल्याएर नारायणहिटी दरबारमा राख्छौं

काठमाडौं,२६चैत:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष एवं सांसद रोशनी कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर नारायणहिटीमा राख्ने चेतावनी दिएकी छन्। राप्रपाको मंगलबार बल्खुमा आयोजित बृहत खबरदारी सभामा बोल्दै सांसद कार्कीले अब राप्रपाको आन्दोलन पछि नहट्ने दावी गरिन्।

‘अब आन्दोलन रोकिदैन। यो देशव्यापीरुपमा अघि बढ्छ,’उनले भनिन्,’राजालाई पुनर्स्थापना गर्ने होइन, राजालाई लिएर नारायणहिटीमा राख्छौं। शक्तिशाली सरकार गठन गर्छौं।’

उनले वर्तमान सरकारले चैत्र १५ गतेको आन्दोलनमा घुसपैठ गराएर आफ्ना प्रतिद्वन्द्वी समाजवादी पार्टीको कार्यालय जलाएको आरोप लगाइन्। वर्तमान सरकारलाई हत्याराको संज्ञा दिँदै उनले भनिन्,’यसले राज्य आतंक फैलाएको छ। यो हत्यारा सरकार हो। ‘

उनले राजावादीको प्रदर्शनमा बल प्रयोग नगर्न सुरक्षाकर्मीलाई आग्रह गरिन्। तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्तालाई निर्शत रिहाइ गर्नुपर्ने माग गरिन्।

Related posts

बारा–३ का रास्वपा उम्मेदवार साहको चुनावी एजेन्डा : कृषि, रोजगारी र पूर्वाधार विकास

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको अठोट : जे गर्छु,त्यहि बोल्छु

MadhesKhabar

मुख्यमन्त्री राउतको राजीनामा बारे उपेन्द्र यादवले बोली फेरे

MadhesKhabar

Leave a Comment