
काठमाडौं,१६चैत:राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
शनिबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै राप्रपा अध्यक्ष लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिए ।
उनले भने ‘राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा प्रष्टु छ, राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौँ’ ।´
राप्रपाले पक्राउ गरिएका आफ्ना नेताहरूलाई २४ घण्टाभित्र विना शर्त रिहा नगरिए देशभर आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।

