
जनकपुरधाम,१२चैतःसिरहाको गोलबजार नगरपालिका– ९ की १३ वर्षीया गुलशना खातुनको शव गाडिएको अवस्थामा शव फेला परेको छ ।गत फागुन २९ गते घरबाट निस्केकी खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले फेला पारेको हो ।
‘वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो’, गोलबजार– ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने, ‘हामीले प्रहरीलाई खबर ग¥यौं । प्रहरीको टोलीले उत्खनन गर्दा बालिका खातुनको शव भेटियो । शव बोरामा बेरिएर खाडलभित्र पुरिएको थियो ।’
खाडलभित्र फेला परेको शव खातुनकै रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तबहादुर बाखुले जानकारी पुष्टि गरे । उनका अनुसार घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अवस्थामा बालिकाको शव फेला परेको हो ।उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
खातुनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते खोजतलास गरिदिन भनेर निवेदन दिएकी थिइन् । खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।नेपालप्रेस

