Madhes Khabar
राष्ट्रिय

माघ महिनामा भएका आगलागीमा परेर २२ जनाको मृत्यु, ८७ जना घाइते

फाइल तस्बीर ।

काठमाडौं,९फागुनःगत माघ महिनामा देशभर भएका आगलागीका ४ सय ७८ घटनामा २२ जनाको मृत्यु भएको छ। ८७ जना घाइतेपनि भएका छन् । यस्तै ती आगलागीका घटनाबाट १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ बराबरको भौतिक क्षतिपनि भएको नेपाल प्रहरीले जनाएको छ।

माघ महिनामा मात्रै भएका आगलागीका घटनामा परेर ११ जना पुरुष, १० जना महिला र १ बालक गरी २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनकाअनुसार ती आगलागीमा परी २६ पुरुष, ५४ महिला र ७ जना बालबालिका घाइते भएका छन् । आगलागीका कारण १७ जना विस्थापित भएका छन् ।

प्रहरीका अनुसार देशभर आगलागीका कारण ६८ घर र ६६ वटा गोठ जलेका छन् भने यस अवधिमा २४७ वटा चौपाया जलेर मरेका छन्। ४ सय ७८ आगलागीका घटनामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १२९ ठाउँमा आगलागी भएको छ।

Related posts

तारा एयरको विमान दुर्घटनाको कारण – खराब मौसम

MadhesKhabar

भाेलि (सोमबार) सरकारी कार्यालयहरु सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

MadhesKhabar

पर्सा, बारा सहितका जिल्लाबाट नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक पक्राउ

MadhesKhabar

Leave a Comment