Madhes Khabar
अन्तर्राष्ट्रिय

दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ

वीरगन्ज,८फागुनःभारतको संघीय राजधानी दिल्ली राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी रेखा गुप्ताले शपथ लिएकी छन् । नयाँ दिल्लीको रामलीला मैदानमा बिहीबार आयोजित विशेष समारोहमा नवनियुक्त मुख्यमन्त्री गुप्ताले शपथ लिएकी हुन् । गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्ने परवेश वर्मा पनि मन्त्री बनेका छन् ।

उक्त शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गृहमन्त्री अमित शाहलगायत भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व रहेको अन्य राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए ।

भाजपाले दिल्लीको नवौं मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताको नाम बुधबार अबेर घोषणा गरेको थियो । रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री बनेकी छन् । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी दिल्लीको मुख्यमन्त्री बनेका थिए ।

यसैबीच नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीलाई समृद्ध र आत्मनिर्भर राज्य बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । शपथपछि सामाजिक सञ्जाल एक्समा लेख्दै गुप्ताले दिल्लीवासीको आकांक्षा पूरा गर्न आफू तयार रहेको बताएकी छन् । दिल्लीमा भाजपा २७ वर्षपछि सरकारमा फर्किएको हो ।

Related posts

भाजपाकाे चुनावी घाेषणापत्र सार्वजनिक : ३ कराेड गरिबलाई पक्की घर बनाई दिने वाचा

MadhesKhabar

लागूऔषध मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’

MadhesKhabar

तेश्रो पटक प्रधानमन्त्रीको शपथ लिएपछि मोदीको पहिलो निर्णय : किसानलाई २० हजार करोड दिने

MadhesKhabar

Leave a Comment