Madhes Khabar
समाचार

वीरगन्जबाट ब्राउन सुगर लिएर जाँदै गरेका ४ युवक हेटाैंडामा पक्राउ

मकवानपुर,१फागुन:हेटौंडामा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन(ब्राउन सुगर)सहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ बाट दुई वटा मोटरसाइकलमा आएका ४ जनालाई ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा हेटौँडा ८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षका भीमसेन पाण्डे, हेटौँडा ७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा ५ का २० वर्षका साकार ढुंगेल रहेका छन् ।

वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको गरेको प्र.२–०३–०२१ प ६३०८ नम्बर र बा.प्र.०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल चेकिङको क्रममा ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

शंकाको आधारमा उनीहरूको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थाको खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ ।

Related posts

तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा थप २४ जना पक्राउ

MadhesKhabar

चट्याङ लागेर एकै गाँउका दुइ जनाको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरको उपमेयरमा काँग्रेसबाट १३ जनाको नाम सिफारिस

MadhesKhabar

Leave a Comment