Madhes Khabar
समाचार

वीरगन्ज महानगरको सम्पदा व्यवस्थापन उपसमिति संयोजकमा पटेल मनोनित

वीरगन्ज,११माघ: वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण संवद्र्धनका लागि सूचिकरण गर्ने तयारी थालेको छ ।त्यसका लागि महानगरपालिकाले प्रेमबाबु पटेलको संयोजकत्वमा सम्पदा व्यवस्थापन उपसमिति नै बनाएर काम अगाडी बढाएको छ ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक आस्थाका पूर्वाधार, स्थायी एवं स्तरोन्नती स्वीकृति प्रयोजनको लागि सम्पदा व्यवस्थापन उपसमिति संयोजकमा पटेललाई महानगरका मेयर राजेशमान सिंहले जिम्मेवारी दिएका हुन् ।

शुक्रबार संयोजकमा मनोनयन गरेको पत्र हस्तान्तरण गर्दै महानगरका मेयर सिंहले महानगर क्षेत्र भित्रका सबै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको सूचिकरण गरी ती स्थलहरुको संरक्षण र संवद्र्धनमा सक्रिय भएर लाग्न आग्रह गरे ।उनले समितिलाई चाँडै पूर्णता दिइने पनि बताए।

Related posts

भारत सरकारद्धारा नेपाललाइ ७५ वटा एम्बुलेन्स र १७ वटा बस उपहार

MadhesKhabar

मंसिरमा नियुक्त बोर्ड सदस्यको राखेपमा औपचारिक पदबहाली

MadhesKhabar

मधेस : स्याउ गोदाममा लुकाएर राखिएको १ सय बोरा गाँजा बरामद

MadhesKhabar

Leave a Comment