वीरगन्ज,२२ असारः पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनप्रति सदनमै गम्भी प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्र वीरगन्जमा प्रहरी प्रशासनकै मिलोमतोमा क्यासिनोमा नेपालीहरुको गैरुकानुनी प्रवेश गराएर जुवा खेलाउने काम भइरहेको आरोप लगाए । यस्तै उनले लागू औषध तथा अन्य सामानको तस्करी रोक्नपनि प्रहरी असफल भएको टिप्प्णी गरे ।
उनका अनुसार, वीरगन्जका प्राय सबै तारे होटलहरुमा सन्चालनमा छन् । भारतबाट घुम्न आउने भारतीय पर्यटकलाई लक्षित गरि खोलिएका ती क्यासिनोहरुमा प्रहरी प्रशासनकै मिलोमतामै खुलेआम रुपमा नेपालीहरुलाई पनि सहजै प्रवेश गराएर जुवा खेलाउने काम भइरहेको जनगुनासो बढेको उनले बताए।
यसरी क्यासिनोहरुमा नेपालीहरुले सहजै प्रवेश पाउँदा क्यासिनोको कुलतमा परेका वीरगन्ज र यस आसपासका क्षेत्रका ठूला घरानाका व्यपारीदेखि लिएरभर्खरै व्यपारव्यवसाय थालेका युवा उद्यमीसम्म र मध्यम वर्गीय परिवारका देखि लिएर विभिन्न पेशामा आबद्ध रहेका पेशाकर्मीहरुसम्म क्यासिनोमा आफ्नो जायजेथा हारेर बिल्ल्बिाठ बन्न पुगेको उनले बताए ।त्यसरी क्यासिनोको लतमा परेका कयौं व्याक्तिहरुको हुदाँखादाको व्यपार व्यवसाय र लेनदेन बिग्रन गई सामासजक र पारिवारिक सम्बन्ध नै क्षतबिक्षत बनेको अवस्था रहेको उनले सुनाए । त्यसैले वीरगन्ज्का क्यासिनोहरुमा नेपालीहरुको प्रवेशमा पूर्ण रुपमा रोक लगाउन र दोषी देखिए पर्साको प्रहरी प्रशासनलाई पनि कारबाही गर्न सरकारसंग उनले माग गरे।
सांसद पन्तले केहि समय यता वीरगन्ज नाका हुदैं भारत पुगेका मालवाहक गाडीहरुबाट दिनहुँ क्वीन्टलका क्वीन्टल लागू औषध गाँजा र चरेस भारतीय प्रहरीले बरामद गरिरहेका खबरहरु आइरहदाँ यसले पर्साको प्रहरीमाथि नै गम्भीर प्रश्न खडा भएको उनले बताए ।
उनले भने, आम सर्वसाधरणले पारीको बजारबाट एक दुई हजारको घरायसी सामान ल्याउँदा नाकामा प्रहरीले पक्रिन्छ । तर तस्करहरुले मुख्य नाका हुदैं त्यत्रा लागू औषध र तस्करीका सामनहरु ओसार पसार गर्दापनि नदेख्ने प्रहरीले देख्दैन । यसबारे केहि दिन अघि गृहमन्त्री स्वंय वीरगन्ज नाकामा पुग्दा स्थानीयले जानकारी गराएको कुरा सर्वविदितै छ ।
उनले वीरगन्ज नाका हुदैं भइरहेकाम लागू औषध र अन्य सामानको तस्करी रोक्नपनि सरकारको ध्यानाकर्षण गराए ।

