Madhes Khabar
राजनीति हेडलाइन

वचनका पक्का नेता `प्रदीप यादव´

वीरगन्ज,२९पुस:खानेपानी मन्त्री एंव जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादव फेरि एकपटक वचनकाे पक्का साबित भएका छन्।पार्टी संगठन निर्माण र चुनावमा मतदाताका सामु गरिएका वाचा पूरा गर्दै आएका मन्त्री यादवले अहिलेफरि एकपटक आँफुले पार्टीका कार्यकर्तासंग गरेकाे वाचा पूरा गरेर देखाएका छन्।

गत असाेज ५ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला सचिव तबरेज अहमदलाई मन्त्री यादवले जसपामा भित्र्याए।त्यसबेला उनले अहमदलाई जसपा र आँफुले उचित स्थान दिने वचन दिएका थिए ।त्यसबेलाकै वाचा अनुसार साेमबार मन्त्री यादवकाे पहल र अडानमा अहमद भूमी समस्या समाधान आयाेगकाे पर्सा अध्यक्षमा नियुक्त भएका छन्।साेमबार सरकारले ७१ जिल्लामा भूमी समस्या समाधान आयाेगकाे जिल्ला अध्यक्ष नियुक्त गर्ने क्रममा पर्सा अध्यक्षमा नियुक्त भएका हुन्।

अहमदलाई भूमी समस्या समाधान आयाेगकाे पर्सा अध्यक्षमा नियुक्त हुन नदिन सरकारमै रहेका पर्सा जिल्लाका अरु मन्त्रीहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई दबाब दिएकाे भएपनि मन्त्री यादवले पर्सा अध्यक्षमा आफ्नो पार्टीका युवा नेता अहमदलाई नियुक्त गराएरै छाडेकाे जसपा श्राेतले जनायाे ।

जसपा नेपाल त्यागेर जसपामा प्रवेश गराउने बेलामै आँफुले अहमदलाई पार्टीले उचित स्थान दिने वचन दिएकाे स्मरण गर्दै यादवले भने,`म जे बाेल्छु ढिलाेचाँडाे आँफुले दिएकाे वचन पूरा गरेरै छाड्छु।उ बेला युवा नेता अहमदजीसंग म‌ैले केही कुराकाे वाचा गरेकाे थिए।जुन आज उहाँलाई भूमी आयाेगकाे अध्यक्ष बनाएपछि पूरा भयाे´

अहमदलाई अध्यक्षमा नियुक्त हुन नदिन जिल्लाकै अन्य मन्त्रीहरुले अन्तिमसम्म कम्मर कसेर लागेकाे भएपनि मन्त्री यादवले अहमदलाई अध्यक्षमा नियुक्त गराएरै छाडेकाे बताइएकाे छ।

मन्त्री यादवले भने,`कार्यकर्ताकाे क्षमता र याेगदानकाे सही मुल्यांकन हुनुपर्छ।त्याे संगसंगै नेता बाेली र वचनकाे पक्कापनि हुनुपर्छ ।जे बाेलेकाे हाे त्याे पूरा गर्नुपर्छ।अनिमात्र कार्यकर्तामा नेताप्रतिकाे विश्वास बढ्छ।´

मन्त्री यादवले विगतमा आँफुले गरेको वाचा अनुसार पर्साकै पार्टीका अरु दुई तीन जना कार्यकर्तालाई पनि छिट्टै राजनीतिक नियुक्ति दिलाउने बताए ।

पार्टीका कार्यकर्ताहरुसंग आँफुले बाेलेकाे वचन मन्त्री यादवले यसअघि मन्त्री नहुदाँका बखतपनि पूरा गरिसकेका छन्।

२०७९ काे जिल्ला समन्वय समिति पर्साकाे निर्वाचनमा यादवकै कुटनीतिपूर्ण राजनीतिले सम्भावना नै नरहेकाे अवस्थामापनि जिल्ला समन्वय समिति पर्साकाे प्रमुखमा जसपाका अजय सर्राफ निर्वाचित हुन सफल भए।

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

पर्साको एक विधालयको बेथिती : श्रीमान् मलेशीयामा , श्रीमति फर्जि हस्ताक्षर गरेर तलब खादै

MadhesKhabar

संविधान संसोधनका लागि पनि उपेन्द्र यादवको जित आवश्यक छ : जितेन्द्र सोनल

MadhesKhabar

Leave a Comment