बारा,२५पुस:बारामा लागू औषध गाँजासहित ३ जना भारतीय पक्राउ परेका छन्।बाराकाे प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रष्टोकाबाट बेहलियातर्फ जाँदै गरेको भारतीय बोलेरो जीपमा सवार तीन जना भारतीयलाई १० केजी गाँजासहित ईलाका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरीक्षक सुरेशराज भट्टराई नेतृत्वको प्रहरी टाेलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतकाे उत्तर प्रदेशका ३८ वर्षीय धर्मेन्द गुप्ता, ४८ वर्षीय चन्द्रभान कुशवाहार ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।
युपी ३२ बीएक्स ४७२६ नम्बरको बाेलेराे गाडीसहित नियन्त्रणमा लिइएका उनिहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

