Madhes Khabar
समाचार

तस्करीको आशंकामा ७६ लाखको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगन्ज,१६पुसःतस्करीको आशंकामा प्रहरीले वीरगन्जबाट ७६ लाख भन्दा बढी मूल्यका सामानसहितको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना. ८ ख ४१२४ नम्बरको ट्रक प्रहरीले वीरगन्ज–२१ ह्नुमानचोकबाट नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकमा बिलबिजक भन्दा बढी परिमाणका ७६ लाख ७५ हजार ४५१ रुपैयाँ मूल्यका औषधि र अन्य खुद्रा सामान फेला परेपछि सामानसहितको उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

नियन्त्रणमा लिइएको सामानसहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा मंगलबार बुझाइएको जानकारी लम्सालले दिए ।

Related posts

बारामा धान दाइँ गर्ने मेसिनले ठक्कर दिँदा एक जनाको मृत्यु

MadhesKhabar

वीरगन्जको माइधिया पोखरी छेउमा अपरिचित व्याक्तिको शव भेटियो

MadhesKhabar

सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै छाप्न निर्देशन, नेपाल पत्रकार महासंघको विरोध

MadhesKhabar

Leave a Comment