
वीरगन्ज,१६पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा यसपालिपनि वडा स्तरिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
वडा नम्बर १० को वडा कार्यसमितिले हरेकवर्ष झैं यसवर्षपनि वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष सुशील साह कानुले बताए । उनले विगत दुई वर्ष यता निरन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए । गतवर्ष चैतमा वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोमा फाइनलमा बागमती टिमलाई हराउँदै कोशी टिमले उपाधि जितेको थियो ।
वडाध्यक्ष कानुले मंगलबार जारी गरेको सूचनामा वडाको खेल प्रबर्धन र खेलाडीहरुको प्रोत्साहनका लागि यसपालिपनि वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।
प्रतियोगितामा सहभागीताका लागि वडा नम्बर १० का इच्छुक क्रिकेट खेलाडीले पुस १६ देखि पुस २५ गतेभित्र वडा समितिको कार्यालयमा सम्पर्क गरेर नागरिकताको फोटोकपी र १ रुपैयाँ बुझाएर आफनो नाम दर्ता गर्नुपर्ने उक्त सूचनामा उल्लेख छ ।


