वीरगन्ज,१२असाेज:वीरगन्ज-१६ शंकराचार्य प्रवेशद्वार अगाडि भन्सार कार्यालयकाे पर्खाल छेउमा वृक्षाराेपण गरिएको छ।
वीरगन्ज महानगरपालिकाले शनिबार बिहान आयाेजना गरेकाे वृक्षाराेपण कार्यक्रममा विभिन्न प्रजातिका ५० वटा बिरुवा राेपिएकाे हाे।
भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रकाे समन्वयमा आयाेजित वृक्षारोपण कार्यक्रमकाे प्रमुख अतिथि वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह थिए ।
ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानकाे अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मिना,सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल लगायतको सहभागीता थियाे।

