Madhes Khabar
स्थानिय

बारा : करेन्ट लागेर हात्तीको मृत्यु भएको खुलासा (अपडेट)

बारा,६असोजःबाराको कोल्हवी नगरपालिका–२ भलुवाहीखोरस्थित राष्ट्रिय वन क्षेत्रनजिकै आइतबार बिहान मृत भेटिएको जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको खुलेको छ ।

शनिबाराति गाँउमा धान चर्न छिरेको उक्त जंगली हात्तीको धानबाली जोगाउन खेत वरिपरि फलामे तारबाट प्रवाहक गरिएको करेन्ट लागेर मृत्यु भएको डिभिजन वन कार्यालय बाराका प्रमुख राजीवकुमार झाले बताए ।

जंगलसँगै रहेको रमेश जीसीको धान खेतको वरिपरि लगाइएको फलामे तारबाट करेन्ट प्रवाह भएर अन्दाजी १७ देखि २० वर्षसम्मको उमेर भएको उक्त भाले हात्तीको मृत्यु भएको झाले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयबाट आएको पशु चिकित्सकको टोलीले हात्तीको पोस्टमार्टम गरेपछि जंगलमै गाड्ने तयारी भइरहेको झाले बताए ।‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डिभिजन प्रमुख झाले भने, ‘करेन्ट हाल्ने जग्गाधनीसित सोधपुछका लागि खोजी भइरहेको छ ।’ धान चर्न गएको बेला करेन्ट लागेर हात्तीको मृत्यु भएको उनले बताए ।साभारः ईकान्तिपुर

 

Related posts

प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा वीरगन्जमा प्रभातफेरी

MadhesKhabar

पर्साकाे सिडिओ कार्यालयमा सांसद्वय पन्त र कानुले संगे गरे अनुगमन: सेवा प्रवाहलाई चुस्त बनाउन दिए निर्देशन

MadhesKhabar

वीरगन्ज महानगरपालिकाकाे डिजिटल डिस्प्ले ह्याक गर्नेलाई पहिचान गरेर कारबाही गर्न प्रहरीसंग आग्रह

MadhesKhabar

Leave a Comment