Madhes Khabar
राजनीति

वीरगन्जमापनि मनाइयाे सहिद राममनोहर यादवको सातौं स्मृति दिवस

वीरगन्ज,१६भदाैं: स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको सातौं स्मृति दिवस वीरगन्जमापनि मनाइएको छ ।

जनमत पार्टी पर्साद्वारा शनिबार वीरगन्जको घण्टाघरमा सहिद राममनोहर यादवको आत्माको चिरशान्तीको लागि दिवप्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियाे ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला संयोजक ओमप्रकाश सरार्फले वीर सहिदको सपनालाई साकार पार्न आन्दोलनलाई थप उचाइमा पुर्याउनुपर्ने धारणा राखे ।

सरार्फकै अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू सिपु तिवारी, करिमा बेगम, अनुराग द्विवेदी, मुकेश द्विवेदी, हरहर साह, चन्दन चौहान, अनिता रौनियार, नजमा खातुन, अन्जना गुप्ता ,सन्तोष साह,राजुराज गिरि लगायतकोपनि उपस्थिति थियो ।

Related posts

प्रचण्ड भन्छन् – गठबन्धन भित्र बेइमानी र षडयन्त्र हुदैछ काँग्रेसले धोका दिदैछ

MadhesKhabar

मन्त्रालय भागवण्डामा जसपाको असहमति, सरकारमा नजाने अडान

MadhesKhabar

गौर हत्याकाण्ड : उपेन्द्र यादव लगायतमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश

MadhesKhabar

Leave a Comment