Madhes Khabar
समाचार

प्रधानमन्त्रीको निर्देशन पालना गरी प्रतिफल देखिने गरी काम गर्नुपर्छ : मन्त्री यादव

काठमाडौं ,८भदौ : खानेपानी मन्त्री प्रदीप यादवले प्रतिफल देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालीम केन्द्र नगरकोटमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को आयोजना कार्यान्वयन सम्बन्धी दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्रीको निर्देशन अक्षरस पालना गरी काम गर्न निर्देशन पनि दिए। उनले भने, “यो सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेतृत्व गर्नु भएको सरकार हो । अब हामीले प्रधानमन्त्रीज्यूको निर्देशन अक्षरस पालना गरी प्रतिफल देखिने गरी काम गर्नुपर्छ ।”

मन्त्री यादवले गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको र सिकाइ मार्फत ग्रहण गरिएका सम्पूर्ण विषयहरू कार्य सम्पादनमा देखाउन बताए । उनले भने, “विभागले आयोजना गरेको गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ । यसले तपाईहरुको काम गर्ने शैली तथा क्षेत्रमा थप उर्जा थपिएको मैले विश्वास लिएको छु ।”

मन्त्री यादवले बिगतमा खुल दिशामुक्त क्षेत्रको घोषणा गरिएको भएपनि अझै सत प्रतिसत नपुगेकाले प्रतिफल देखिने गरी काम गर्न जरुरी भएको धारणा राखे। जनताका विकासका काममा कुनैपनि ढिलासुस्ति नगर्न समेत मन्त्री यादवले निर्देशन दिए ।

 

कार्यक्रममा मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले स्रोत सहमति, अस्थायी, बेरुजू सम्परीक्षण, प्रक्रिया पालना, सार्वजनिक शौचालय, तराई क्षेत्रमा बसोबास गर्ने चमार/मुसहर बस्तीमा खानेपानीको जस्ता थुप्रै समस्या रहेकाले सम्पूर्ण समस्याहरुलाई क्रमिकरुपमा सबै मिलेर समाधान गर्नु पर्ने धारणा राखिन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख एवं महानिर्देशक रामकुमार श्रेष्ठले आर्थिक वर्षको सुरुवातमा आयोजना गरिएको दुई दिने कार्यशाला गोष्ठिबाट समस्यासहित समाधानका उपायहरु आएका एवं विज्ञको प्रस्तुतीकरणले थप मार्ग प्रशस्त गरेको बताए ।

गोष्ठिमा संघीय खानेपानी मन्त्रालय मातहतका देशभरीका कार्यालयक प्रमुखहरुको सहभागिता रहेको थियो ।

Related posts

पर्साको अकवामा लागूऔषध कारोबारीको घरमा प्रहरीको छापा: चरेस र गाँजासहित मियाँ पक्राउ

MadhesKhabar

वीरगन्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित सुनिश्चित

MadhesKhabar

इभी गाडी दुर्घटना हुदाँ रौतहटकी एक महिलासहित दुई जनाको मृत्यु

MadhesKhabar

Leave a Comment