Madhes Khabar
समाचार

जिल्ला अदालतका कर्मचारी घुस रकमसहित पक्राउ

रौतहट, १७ चैत: अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टाेलीले राैतहट जिल्ला अदालतमा छापा मारेको छ । हेटौंडाबाट खटिएको अख्तियारको टोलिले अदालतमा कार्यरत  एक कर्मचारीलाई घुस रकमसहित पक्राउ पनि गरेको छ ।

अख्तियारको टोलीले अदालतका डिट्ठा लभकुमार सिंहलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हाे ।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरी आयोगमा परेपछि विशेष निगरानी गरिरहेका टोलीले  डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ।

Related posts

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प

MadhesKhabar

भारतले रक्सौल नाका अचानक सिल गरेपछि नेपालीलाई सास्ती

MadhesKhabar

धरान पुगेर मन्त्री यादवले भने :सस्तो लोकप्रियताको पछि नलागौं,खानेपानी समस्या समाधानमा जुटौं

MadhesKhabar

Leave a Comment