Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरको लक्ष्य ‘जहाँ खाली, त्यहाँ हरियाली’

वीरगन्ज,३१साउनःवीरगन्ज महानगरपालिकाले ड्राइपोर्ट–परवानीपुर सडकखण्डलाई हरियाली बनाउन बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ । आइसीपीदेखि हरपतगंज चोकसम्मको डिभाइडरमा यस अघि नै वृक्षारोपण गरेर हरियाली बनाइसकेको महानगरले बिहीबार अपौनीतर्फको ड्राइपोर्ट–परवानीपुर सडकको डिभाइडरमा बृृक्षारोपण गरेको हो ।

ड्राइपोर्टदेखि परवानीपुरसम्मै सडकको डिभाइडरमा बृक्षारोपण गर्ने लक्ष्य महानगरले राखेको छ ।बृक्षारोपणले हरित सहर बनाउन मद्धत पुग्नुका साथै सडक सौन्दर्य पनि झल्किने भएकाले बृक्षारोपण प्राथमिकताका साथ गर्ने अभियान अघि बढाइएको महानगरका मेयर राजेशमान सिंहले बताए ।महानगरले शंकराचार्यद्वारदेखि गण्डकसम्मको बाइपास सडकमा बृक्षारोपण गरेर यस अघि नै हरियाली बनाउने काम गरिसकेको छ । अब बाँकी रहेका सडकका डिभाइडर तथा किनारामा बृक्षारोपण सक्ने कार्यलाई अघि बढाइएको मेयर सिंहले बताए ।

‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने लक्ष्य लिएर आफूहरुले सडकका डिभाइडर तथा महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको सिंहले बताए । महानगरले ड्राइपोर्ट–परवानीपुर सडकको डिभाइडरमा म्याङ्गो स्टिक, गुलमोहर, पिपल, समी (फाइकस बेन्जाइना), अशोक, निम लगायत विभिन्न प्रजातिका बिरुवा रोपेको छ । बिहीबार ५ सय वटा बिरुवा रोपिएको महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश जयसवालले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिललाल कर्ण, ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा जथाभावी फोहोर फाल्ने ९०० जनालाई कारबाही, २७ लाख राजश्व संकलन

MadhesKhabar

वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव

MadhesKhabar

आज यमपञ्चककाे दाेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

Leave a Comment