वीरगन्ज,१५साउन:सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुमै वीरगन्ज महानगरपालिका फाेहाेर लगेर थुपार्न थालेपछि उद्योगीहरुले अबदेखि नदीमा उद्योगकाे रसायनयुक्त पानी र फाेहाेर वस्तु नफाल्ने प्रतिबद्धता जनाएका छन् ।
नदीमा प्रदुषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिबाना गर्दापनि नटेरेपछि वीरगन्ज महानगरपालिकाले अर्निका प्रोसेसिङ उद्योग प्रालि,श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजमा आइतबारदेखि दिनहुँ ट्याक्टर र ट्रिपरमा कचरासहितको फोहोर लगेर उद्योगपरिसरमै थुपारिदिएको थियाे।मंगलबारपनि महानगरपालिकाले अर्निका टेक्सटाइल्समा १६ ट्याक्टर फाेहाेर लगेर थुपारेकाे थियाे।
त्यसपछि मंगलबार अर्निकाका सञ्चालक गाैरव गाडिया,श्रीसिद्धीका सञ्चालक अशाेक मित्तल र मरियमका सञ्चालक फारुख जमइले वीरगन्ज महानगरका मेयर राजेशमान सिंहकाे कार्यकक्षमै पुगेर अबदेखि नदीमा आँफुहरुले उद्योगबाट निस्किने रसायनयुक्त पानी र अन्य फाेहाेर वस्तु नमिसाउने लिखित प्रतिबद्धता जनाएका हुन् ।मेयर सिंहका सामु उनिहरुले बुधबारदेखि नदीमा उद्योगले प्रदुषण नगर्ने, उद्योग परिसरमा वाटर ट्रिट्मेन्ट प्लान्ट जडान गर्ने, उक्त प्लान्टमा रसायनयुक्त पानी प्रशाेधन गरेर सफा पानी मात्रै नदीमा मिसाउने लगायतकाे लिखित प्रतिबद्धता जनाएको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।त्यसक्रममा अर्निकाका सञ्चालक गाडियाले यसअघि महानगरपालिकाले गरेकाे ३ लाख रुपैयाँको जरिवाना २४ घण्टाभित्रै तिर्ने प्रतिबद्धतापनि जनाएको फुयाँलले बताए ।
मंगलबारकाे छलफलमा मेयर सिंहले भने यसअघिपनि उद्योगीहरुले आँफै महानगरपालिकामा आएर यस्तै प्रतिबद्धता जनाएको भएपनि नदीमा फाेहाेर पानी मिसाउने कार्य नराेकेकाले अहिलेपनि उद्योगीहरुले जनाएको प्रतिबद्धता कार्यान्वयन हुनेमा आँफु विश्वस्त हुन नसकेकाे बताए ।
यसअघि महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरुमा सिल नै गर्ने तयारी गरेपछि गत बैशाख ९ गतेपनि ९ वटा उद्योगका उद्योगीहरुले महानरपालिकाकाे कार्यलयमै पुगेर मेयर सिंहसंग १५ दिनकाे समय माग्दै नदी प्रदुषित नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए।तर उक्त प्रतिबद्धता जनाएकाे ३ महिना बित्दासमेत उद्योगले नदी प्रदुषित गरिरहेपछि आइतबारदेखि महानगरपालिकाले ती उद्योगहरुमा सहरबाट संकलन गरिएका कचरासहितका फाेहाेर ट्याक्टर र ट्रिपरमा लगेर थुपार्न थालेकाे थियाे ।
मंगलबार फेरि महानगरका पुगेका उद्योगीहरुलाई मेयर सिंहले भने,`तपाईहरुले जे सुकै प्रतिबद्धता जनाएपनि त्यसमा मलाई भराेसा लाग्दैन ।अब नदीकाे प्रदुषण राेक्न के के गर्नु हुन्छ त्याे म जान्दिन ।मलाई नदी सफा चाहिन्छ ।नदीमा सफा पानी बग्नु पर्छ । म नदीमा सफा पानी बगेकाे मात्र देख्न चाहन्छु। यसकालागि जे जे गर्नुपर्छ त्याे गर्नु हाेला।´
अबपनि नदीकाे पानी प्रदुषित भइरह्याे भने महानगरपालिकाले उद्योगहरुलाई अहिले गरेकाे कारबाही भन्दापनि अझ कठाेर र निर्मम कदम चाल्ने चेतावनीसमेत उनले उद्योगीहरुलाई दिए।